काठमाण्डौ । महालक्ष्मी बिकास बैंकले आफ्नो सेवा बिस्तार गर्ने क्रममा जेठ ३० गते बुधबार दार्चुलाको गोकुलेश्वर शाखा र बैतडी जिल्लाको पाटन शाखाको एकैसाथ औपचारिक समुद्घाटन गरेको छ । 

बैंकको गोकुलेश्वर शाखाको समुद्घाटन शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीले तथा पाटन शाखाको समुद्घाटन पाटन नगरपालिकाका मेयर केशबबहादुर चन्दले गरेका थिए ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेका थिए । 

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७१ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकले चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।