काठमाण्डौ । महिन्द्रा गाडी तथा ट्रयाक्टरहरुको नेपालका लागि एक मात्र आधिकारीक बितरक अग्नि इन्कर्पोरेटेड प्रा. लि.ले सेवाग्राहीहरुलाई थप सेवा र सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप अब अनलाइन मार्फत गाडीहरुको बुकिङ्ग प्रक्रियाको थालनी गरेको छ । 

गाडी बुकिङ्ग गर्ने ग्राहकहरुले यस कम्पनीको वेबसाइट www.onlineagni.com मा गई उपलब्ध गाडीहरुको मोडल नं., बिक्री मूल्य हेरी खरिद गर्नुका साथै ई–सेवा मार्फत नै रकम भुक्तान गरेको भौचर समेत प्राप्त गर्न र गाडी खरिद गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । उक्त वेबसाइट आफ्नो बेटा भर्जनमा रहेको पनि कम्पनीले व्यक्त गरेको छ ।

नेपालभर रहेका महिन्द्रा गाडीहरुको शोरुम मार्फत बिक्रीबितरण गर्न सकिने गरी कम्पनीले अनलाइन सेवा सुरुवात गरेको छ । सेवाग्राहीहरुलाई अझै सहजता प्रदान गर्ने उद्देश्य अनुरुप यो सेवा प्रदान गरिएको छ, जस मार्फत महिन्द्राका विभिन्न उत्कृष्ट गाडीहरु तथा स्कुटर सो वेबसाइट मार्पmत अनलाइन बुकिङ्गका लागि उपलब्ध रहेका कम्पनीले जनाएको छ । हाल यो सेवा काठमाडौं उपत्यका र विदेशमा रहेका ग्राहकहरुका लागि उपलब्ध गराइएको छ ।