काठमाण्डौ । महिन्द्रा टु–व्हीलर्स् लिमीटेडको आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा.लि.ले नयाँ वर्षको अवसरलाई लक्षित गर्दै “नयाँ वर्षमा यसपाली, स्त्र्mयाच् गरौं दुईताली” नामक रोचक योजना बजारमा ल्याएको छ । 

यस योजनाअन्तर्गत महिन्द्रा टू व्हीलर खरिदकर्ताहरुका लागि ४ सय प्रतिशतसम्म क्यासब्याक बोनस पाउने नौलो अवसर रहेको छ । यसपाली ग्राहकहरुले हरेक खरिदमा पाउने स्त्र्mयाच् कार्डमा दुई पटकसम्म स्त्र्mयाच् गर्न सकिने व्यवस्था गरिएको छ । 

कम्पनीका अनुसार पहिलो स्त्र्mयाच्मा ग्राहकहरुले रु. १ लाखसम्म पक्का जित्ने र दोश्रो स्त्र्mयाच्मा उक्त रकमको ४०० प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर रहेको छ । यस योजनासँगै महिन्द्रा टू व्हीलर खरिद गर्ने ग्राहकहरुका लागि यो नयाँ वर्षमा थप उत्साह भरिने कम्पनीले विश्वास व्यक्त गरेको छ ।