काठमाण्डौ । महिन्द्रा एन्ड महिन्द्राको कम्प्याक्ट एसयूभी एक्सयूभी ३०० ले सबैभन्दा सुरक्षित कारको अवार्ड (सेफर च्वाइस अवार्ड) पाएको छ। 

यो अन्तर्राष्ट्रियस्तरमा कार सेफ्टीको र्याकिङ तय गर्ने ग्लोबल एनसीपीए (न्यू कार असेसमेन्ट प्रोग्राम) को पहिलो सेफेस्ट कारज् च्वाइज अवार्ड हो। यो क्याम्पेनमा टेस्ट गरिएको सबै करमध्ये महिन्द्रा एक्सयूभी ३०० ले सबैभन्दा सेफ्टी स्टार पाएको थियो। 

यो कारले गत महिना एडल्ट अक्युपेन्ट प्रोटेक्सनमा फाइभ स्टार र चाइल्ड अक्युपेन्ट प्रोटेक्सनमा फोर स्टार पाएको थियो। कार पैदलयात्री प्रोटेक्सन र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल अवार्डका लागि पनि सही साबित भएको छ।

यो कारले एनसीएपी ल्याबोरेट्रीबाट अप्रुभल सर्टिफिकेट पनि पाएको छ। – एजेन्सी