काठमाण्डौ । अटो निर्माता कम्पनी महिन्द्राले आफ्ना गाडीहरुलाई नयाँ इमिसन नम्स बीएस सिक्सअनुुसार अपग्रेड गर्न लागेको छ।

हालैमात्रै कम्पनीले बीएस सिक्स केयूभी १०० एनएक्सटी, बीएस सिक्स बोलेरो, बीएस सिक्स स्कोरपियो र बीएस सिक्स एक्सयूभी ५०० पेश गरेको थियो। अब कम्पनीले आफ्नो फ्ल्यागसिप एसयूभी अल्टुुरस जी–फोरको बीएस सिक्स मोडल ल्याउने भएको छ। 

महिन्द्रा अल्टुुरस जी–फोर बीएस सिक्स चाँडो नै लन्च हुुनेछ। कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमा “कमिङ सुन” ट्यागलाइनसहित टिजर जारी गर्दै यसको जानकारी दिएको छ। 

महिन्द्रा अल्टुुरस जी–फोरमा २.२ लिटर डिजेल इन्जिन दिइएको छ। जसले १८१ पीएस पावर र ४२० एनएम टार्क जेनेरेट गर्दछ। यो इन्जिन ७ स्पिड अटोमेटिक गियरबक्सबाट सुुसज्जित रहेको छ जुुन मेर्सेडिज बेन्जबाट लिइएको हो। बीएस सिक्स मोडेलमा पनि यही इन्जिन रहने विश्वास गरिएको छ। 

बीएस सिक्स अल्टुुरस जी–फोर एसयूभीमा अपग्रेडेट इन्जिनको अलावा नयाँ स्टाइलको डियुुल टोन एल्वाय विल्ज पाइने विश्वास गरिएको छ। नयाँ मोडलको डिजाइनमा कुुनै पनि ठूलो परिवर्तन हुुने छैन। तर फ्रेस लुुक दिनका लागि अपडेटेमा मोडलमा ठूलो ग्रिल र रिवाइन्ड बम्पर जस्ता हल्का परिवर्तनहरु देख्न सकिनेछ। 

अपडेटेड महिन्द्रा अल्टुुरस जी–फोरको इन्टेरियर कुुनै पनि प्रकारको बदलाव हुुने विश्वास लिइएको छैन। एसयूभीमा बीएस फोर मोडलको जस्तै एप्पल कार प्ले र एन्ड्रोइड अटोको साथ टच स्क्रिन इन्फोनमेन्ट सिस्टम, इलेक्ट्रिक अजस्टेबल ड्राइभर सिट, डियुुल जोन क्लाइमेट कन्ट्रोल, कलर एमआईडी, भेन्टिलेटेड सिट र क्रुज कन्ट्रोलजस्ता फिर्चसहरु उपलब्ध हुुनेछन्। 

सेफ्टीको कुुरा गर्दा महिन्द्राको यो प्रिमियम एसयूभीमा ९ एअरब्यागस्, एबीएस, ईबीडी, फ्रन्ट र रियर पार्किङ सेन्सर्स, इलेक्ट्रिक स्ट्याबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट, हिल डिस्टेन्ट कन्ट्रोल र ३६० डिग्री क्यामेराजस्ता सेफ्टी फिचर्सहरु उपलब्ध रहेका छन्। 

बीएस सिक्स कम्प्लायन्ट अल्टुुरस जी–फोरको मूल्य भारु २८ देखि ३१ लाखको आसपास हुुने सक्ने विश्वास गरिएको छ।