काठमाण्डौ । महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पाेरेटेडले आफ्नो निकै लोकप्रिय महिन्द्रा एक्सयूूभी-५०० को नयाँ अटोमेटिक रेञ्ज पनि ल्याएको छ । 

नयाँ न्यू एज एक्सयूूभी ५०० अटोमेटिकसँग अब ग्राहकहरुको ड्राइभिङ्ग अनुभव झनै प्रभावकारी हुने र उनीहरुले सिटी रोडमा आनन्द लिनुका साथै जस्तोसुकै कठिन अफ–रोडहरुमा पनि आरामका साथ यात्रा गर्न सक्ने कम्पनीले दाबी गरेको छ । ती गाडीहरुका लागि बुकिङ्ग www.onlineagni.com मार्फत खुल्ला गरिएको छ । वा, ग्राहकहरुले नजिकको शोरुम गएर पनि बुकिङ्ग गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पुर्याउँदै आइरहेको छ । यो कम्पनीले नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडीहरुको बिक्रेताको रुपमा आफूलाई दमदार रुपमा प्रस्तुत गर्दै आइरहेको छ ।