काठमाण्डौ । भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपालमै पहिलो पटक बृहद एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’को शुभारम्भ गरेको छ । 

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सो कार्यक्रमको उद्घाटन गरेकी हुन् ।

कम्पनीले नेपाली बजारमा बिक्रीवितरण गर्दै आएको बिभिन्न ३० भन्दा बढी मोडलका उत्पादनहरुलाई उक्त प्रदर्शनीमा राखेको छ ।

कार्यक्रममा महिन्द्राले ६ वटा नयाँ गाडीहरुको पनि नेपाली बजारमा अनावरण गरेको छ । महिन्द्राको बहुप्रतिक्षित एसयुभी एक्सयुभी ३००, नयाँ एमपीभी मराजो, महिन्द्राको नयाँ ट्रयाक्टर जीभो २४५ र यूभो ४१५ तथा महिन्द्राको हेवी कमर्शियल भेहिकलहरु फ्यूरीयो तथा ब्लेजो २५ ट्रक साथै नयाँ ग्रेडर जी ७५ को पनि सार्वजनिक गरेको छ । 

महिन्द्राका उत्पादन नेपाली बजारमा आजभन्दा करिब २७ वर्ष अगाडिदेखि बिक्रीवितरण हुँदै आइरहेको छ । 

महिन्द्राका लागि नेपालको आधिकारीक बितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले संयुक्त रुपमा यो लाइफस्टाइल एण्ड अटो शो आयोजना गर्न लागेको हो । 

आकर्षक डिजाइन, उत्कृष्ट पफर्मेन्स र विशेषताका एसयूभी निर्माणका लागि चर्चित कम्पनीले आफ्ना सबै उत्पादनलाई मेलामा राखेको छ । 

एसयूभी, इलेक्ट्रीक सवारी, दुईपाङ्ग्रे सवारी, हेभी इक्युपमेन्ट, कृषिमा प्रयोग हुने उपकरण, कमर्शियल प्रयोगमा आउने सवारीसाधनका साथै महिन्द्राका सबै उत्पादनलाई यस महिन्द्रा उदयमा देख्न सकिने कम्पनीले जनाएको छ ।

यो प्रदर्शनीमा अटो शोका साथै विभीन्न कलाकारहरुको लाइभ परफरमेन्स को आनन्द लिनुका साथै विभिन्न स्वादका खानाहरुको पनि मजा लिन सकिनेछ ।