काठमाण्डौ । भारतीय बजारमा अत्यधिक रुचाइएको सबकम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र अध्याधुनिक सेग्मेन्ट फस्ट थूप्रै विशेषतासहित आएको एसयूभी हो । महिन्द्रा एण्ड महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले यस पटकको नाडा अटो शोमा बहुप्रतिक्षीत एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित  टीयूभी ३०० र स्कर्पीयो पिकअप राख्ने जानकारी दिएको छ । 

यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८  र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि रु ३९,७५,०००  र डब्लु ८ (अफ्सनल) वर्गका लागि रु ५६,५०,०००, यसैगरी डिजेलमा डब्लु ४ वर्गका लागि रु ४१,२५,०००, डब्लु ६ वर्गका लागि रु ४५,००,०००, डब्लु ८वर्गका लागि रु ५१,५०,००० र डब्लु ८ (अफ्सनल)वर्गका लागि रु ५७,२५,००० तोकिएको छ र यी सवारी साधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुने बताइएको छ । 

यो एसयूभी६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज,पर्ल ह्वाइट, नपोलीब्लाक, डी–स्याट सिल्भर माउपलब्ध छभने एक्वा मरिनर तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध हुने बताइएको छ ।

एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्छ ।

यस पटकको नाडा अटो शोमा महिन्द्राको सबफोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा रहनेछ ।

मराजो एम ६ को मूल्य रु ५८,२०,००० र एम ८ को मूल्य रु ६४,३०,००० तोकिएको छ ।