काठमाण्डौ । महिन्द्रा टु  ह्वीलर्स अन्तर्गत अग्निमोटो इन्कले चाडपर्वकोे अवसर पारेर  “महिन्द्रासँग सबै दङ्दास” योजना प्रस्तुत गरेको छ । 

यस योजनाले वास्तवमै यो विशेष चाडपर्वमा सबैलाई दङ्ग पार्ने कम्पनीले विश्वास लिएको छ । 

बाइक तथा स्कुटरको खरिदमा तुरुन्तै क्याश, रु १०००० को फ्ल्याट डिस्काउन्ट तथा लक्की ड्रबाट होम अप्लाइन्सहरु प्राप्त गर्न सकिने छ  । यो योजनाले नेपालीहरुको महान् पर्वलाई रौनक थपी सबैलाई दङ्ग बनाउने विश्वास कम्पनीले लिएको छ  । 

यो योजना नेपाल अधिराज्यभर रहेका आधिकारिक बिक्रेतामार्फत खरिद गर्दा छुट प्राप्त गर्न सकिने छ  । महिन्द्राका गोस्टो, सेन्चुरो तथा मोजो स्कुटर तथा बाइक नेपाली युवामाझ लोकप्रिय रहदैं आएको छ ।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्निमोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टु ह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्रीवितरण गर्दै आएका  छन् ।