काठमाण्डौ । साउदी अरब लगायत चार देशले कतारसँगको आफ्नो कुटनीतिक सम्बन्ध अन्तको घोषणा गरेको बिषय अहिले हटकेक बनिरहेको छ। कतारमाथि आतंकवादलाई सहयोग गरेको र अरब देशहरुको हितमा क्षति पुर्याएको आरोप उसका छिमेकीहरुले लगाएका छन् । यो घटनापछि कतारको विश्वभरि नै चर्चा भइरहेको छ । तर, यसको बाबजुद आफ्नो सवल अर्थतन्त्र, प्रति व्यक्ति आय जस्ता कैयन बिषयमा कतार निकै अगाडि र मजबुत छ । 

कतारको अर्थतन्त्र
सन् २०१५ मा कतारको जीडीपी १६६.९ अर्ब डलर रहेको थियो । यस क्रममा यो देशको जीडीपी र्यांक ५२ औं हो । कतारको अर्थतन्त्र पेटोलियम तथा लिक्वीफाइड नेचुरल ग्यासमा बढी निर्भर छ । सरकारलाई ७० प्रतिशत भन्दा बढी राजश्व यिनै स्रोतहरुबाट प्राप्त हुन्छन्, जुन कतारको जीडीपीको ६० प्रतिशत हुन आउँछ । कतारको ८५ प्रतिशत निर्यात आम्दानी पेटोलियम र लिक्वीफाइड नेचुरल ग्यासबाटै छ । कतारले पेटोल र ग्यास बाहेक स्टील, फर्टिलाइजर लगायतका उत्पादनको निर्यात गर्छ । यस्तै, मेसिनरी, यातायातका उपकरण, फूड तथा केमिकल्सको समेत निकै ठूलो निर्यातकर्ता हो । 

कतारको राजधानी दोहामा रहेको अरब वल्र्ड विश्वका सुुन्दर सहरमध्येको एक मानिन्छ । तपाईलाई आश्चर्य लाग्ला, घोर मुस्लिम बाहुल्य देश भएर पनि कतारमा हिन्दूू धर्मावलम्बीहरु तेश्रो ठूलो सम्प्रदाय हो । अर्को आश्चर्य, महिलाको संख्याको हिसाबले यो देश निकै नै गरीब छ । 

अमेरिकी भन्दा राम्रो आम्दानी
यदि विश्वमा धनी नागरिकहरुको कुरा गर्ने हो भो कि अमेरिकाको कुरा आउँछ वा यूरोपको । तर यो बिषयमा कतार विश्वमै सबैभन्दा अगाडि छ। सीआइएको वल्र्ड फ्याक्ट नामको किताबका अनुसार कतारका नागरिकको प्रति व्यक्ति आय १.२९ लाख डलर रहेको छ, जुन विश्वमै सबैभन्दा धेरै हो । 

२५ लाखमा ७ लाख मात्र महिला
अरब देशको सामाजिक जीवनमा महिलाहरु निकै कम देखिन्छन् । तर कतार यस्तो देश हो, जहाँ पुरुषको तुलनामा महिलाको जनसंख्या निकै कम छ । यहाँ कुल २५ लाख जनसंख्या रहेको छ, तर महिलाको संख्या मात्र ७ लाख छ । यसको अर्थ एक महिला बराबर ३.७५ पुरुष । यहाँ ठूलो संख्यामा अन्य देशका अविवाहित पुरुष समेत बस्ने गर्छन् । 

हिन्दूू तेश्रो ठूलो धर्म
कतारमा भारत र नेपालबाट गएका हिन्दू कामदारहरुको संख्या निकै ठूलो छ । यहीकारण, यहाँको तेश्रो ठूलो सम्प्रदाय हिन्दू धर्मावलम्बीहरु रहेका छन् । मुस्लिम पहिलो नम्बर र इसाईहरु दोश्रो नम्बरमा छन् । 

कलामा पानीसरी पैसा 
पुरातनवादी देश भएर पनि हिजोआज कतारले कला संस्कृतिमा पानीजस्तै पैसा खन्याउने गरेको छ । कतारमा विश्वभरका कयौं विवादित कलाकारहरुको प्रदर्शन समेत हुने गरेको छ । भनिन्छ कि कतारले प्रत्येक वर्ष करिब १ अर्ब डलर रकम कलासंस्कृतिको नाममा खर्च गर्ने गर्छ । कतारमा म्युजियम पनि धेरै देख्न पाइन्छ ।