काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख कित्ता आइपीओ आउने भएको छ ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १०० दरका ४ लाख कित्ता शेयर बराबर  चार करोड रुपैयाँ साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ ) को निष्काशन तथा विक्रीका लागि नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत  रोशनी भारती र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  कृष्ण न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।