काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।

संस्थाको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी १२ करोड १० लाख रुपैयाँको कुल २० प्रतिशतले हुन आउने २ करोड ४२ लाख रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (लाभंश करसहित) रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाबाट सेयरधनीहरु वितरण गरिने संस्थाले जनाएको छ ।