काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। 

संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले सभाको टुंगो लगाएको हो। संस्थाले आउँदो चैत २२ गते मकवानपुरको थाहा नगरपालिकास्थित वज्रबाराहीमा रहेको ओम अध्याय रिट्रिट रिसोर्टमा गर्ने भएको छ। 

सभामा गत आर्थिक वर्षका लागि प्रभावित कुल १७.५ प्रतिशत लाभांश पारित हुनेछ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १२ करोड १० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख रुपैयाँबराबरको बोनस सेयर र ७.५ प्रतिशतले हुन आउने ९० लाख ७५ हजार रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले आउँदो चैत ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब संस्थाको साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुन चैत ३ गतेसम्म संस्थाको सेयरधनी कायम हुनुपर्नेछ।