काठमाण्डौ । प्रभु बैंक लिमीटेडले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. १ मा बुधबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले एक समारोहकाबीच बैंकको एकडारा शाखा कार्यालय समुद्घाटन गरेका हुन् ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा महोत्तरी जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघ महोत्तरीका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो । 

प्रमुखअतिथी अख्तियारका आयुक्त राजनारायण पाठकले बैंकको यस एकडारा शाखा कार्यालय स्थापनापछि यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा  सर्वसाधारणलाई सरल रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध भएको बताए ।