काठमाण्डौ । बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा सिद्धार्थ बैंकले बुधबार महोत्तरीको गौशाला नगरपालिकामा शाखा स्थापना गरेको छ । 

यस शाखाबाट नेपाल सरकार एवं नेपाल राष्ट्रबैंकको नीति निर्णयबमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोबारको संचालन हुनेछ । 

त्यस्तै, यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै आम जनताले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायतका सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । 

यस शाखाबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, कर्जा कारोबार जस्ता सेवामार्फत स्थानीय स्तरमा आर्थिक गतिविधि बढ्ने बिश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमा नै बैंकको पहुँच नपुगेका अन्य थप गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्दैछ । 

यो शाखासहित बैंकले हाल देशभर ९३ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०५ एटीएम र ६५० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

आर्थिक वर्ष २०७४/०७५ को माघ मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५ करोड र कर्जा लगानी रु.७८ अर्ब ५६ करोड गरेको छ ।