काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले निकट भविष्यमा ३९ लाख ३६ हजार ५४ कित्ता साधारण सेयर निश्कासन गर्ने भएको छ । 

यसका लागि कम्पनीले सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सिबिआइएल क्यापिटललाई नियुक्त गरेको छ । 

यस सम्बन्धी त्रिपक्षीय सम्झौतापत्रमा माउण्टेन इनर्जी नेपाल लिमिटेडको तर्फबाट संचालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा सि.बि.आई.एल क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत समिरप्रसाद दाहालले हस्ताक्षर गरेका छन् ।