काठमाण्डौ । माउण्टेन हाइड्रो नेपाल लिमीटेडको आइपीओ बाँडफाँड भएको छ । 

निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले एक कार्यक्रमको आयोजना गरी आइपीओ बाँडफाँड गरेको हो ।

सो क्रममा यो कम्पनीको आइपीओमा आवेदन दिने सबैले सेयर पाएका छन् । 

यो कम्पनीले आयोजना प्रभावितले नकिनेको समेत गरी कुल १८ लाख १६ हजार ११० कित्ता आइपीओ फागुन २३ गतेदेखि निश्कासन गरेको थियो । यसमध्ये सर्वसाधारणका लागि १७ लाख ६७ हजार ७९० कित्ता सुरक्षित गरिएको थियो । 

आइपीओमा कुल ५० हजार ९५४ आवेदकबाट ३३ लाख ९६ हजार ३५० कित्ताका लागि आवेदन दिएका थिए । 

कुल आवेदनमध्ये १६ वटा आवेदन रद्ध भएका थिए । यसरी कुल ३३ लाख ९४ हजार ८१० कित्ताका लागि भएको मागलाई सदर गरिएको थियो ।

यसरी हेर्दा फागुन २८ गते बन्द भएको आइपीओमा मागभन्दा १.९२ गुणा बढी आवेदन परेको थियो । 

सबै आवेदकले सेयर पाएका छन् । कसले कति पाए ? यो सूचि हेर्नुहोस्: