काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले ३९ करोड ३६ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले यही असार २५ गते यो कम्पनीलाई १०० रुपैयाँअंकित ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ। अनुमति पाएसँगै अब कम्पनीले ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। 

कम्पनीले कुल कित्तामध्ये ५० प्रतिशत अर्थात १९ लाख ६८ हजार २७ कित्ता स्थानीयका लागि छुट्याएको छ भने बाँकी १९ लाख ६८ हजार २७ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ। 

कम्पनीले कुल चुक्तापुँजीको २० प्रतिशतले आईपीओ निष्कासन गर्न लागेको हो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।