काठमाण्डौ । राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंकले आगामी माघ ११ गतेदेखि १० कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

बैंकले १०० रुपैयाँ अंकित दरमा २० लाख ८ हजार ८ सय ७८.४७ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको हो । 

हकप्रदका लागि इच्छुक सेयरधनीले फागुन १६ गतेसम्म तोकिएका स्थानमा आवेदन दिन सक्नेछन्। 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम प्रभू क्यापिटल लिमीटेडले गर्नेछ । 

हाल यो बैंकको चुक्तापुँजी २ अर्ब ८८ लाख रुपैयाँ रहेको छ । हकप्रदको पँुजीकरणपछि चुक्तापुँजी बढेर २ अर्ब २० करोड पुुग्नेछ । 

इच्छुक सेयरधनीले प्रभूू क्यापिटलको कमलादिस्थित मुख्य कार्यालय, लुम्बिनी विकास बैंक लिमीटेडका सबै शाखा कार्यालय, भिबोर क्यापिटल लिमीटेडको ललितपुर कृष्णगल्लीस्थित मुख्य कार्यालय र नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा बित्तीय संस्थाहरुबाट खरीदका लागि आवेदन दिन सक्नेछन् ।

दोश्रो बजारमा यो बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १७४ रुपैयाँ रहेको छ ।