काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आगामी माघ २८ गते आफ्नो १८ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

बैंकले सो दिन काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा साधारणसभा आह्वान गरेको हो । 

साधारणसभाको मुख्य अजेण्डामा मर्जर र एक्वीजिसनलाई समेत खुल्लै राख्ने रहेको छ । 

यो बैंक र एभरेष्ट बैंकबीच मर्जरको प्रक्रिया निकै अगाडि बढेर अहिले अलपत्र परेको छ ।

साधारणसभाका मुख्य अजेण्डामा ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने रहेका छन् । 

माघ १३ गतेसम्म कायम सेयरधनीले लक्ष्मी बैंकबाट घोषित लाभांश पाउनेछन् र उनीहरुले साधारणसभामा समेत सहभागी हुन पाउनेछन् । यसको अर्थ बैंकले साधारणसभा प्रयोजनका लागि माघ १४ गतेलाई बुक क्लोज मिति तोकेको छ । 

प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी ८ अर्ब ९२ करोड पुग्नेछ ।

बैंकको साधारणसभामा सहायक कम्पनी स्थापनाको बिषय समेत प्रस्तावको रुपमा पेश हुने बताइएको छ । 

यस्तै, लक्ष्मीले मर्जर र एक्वीजिसनको बाटोलाई समेत खुल्लै राख्ने प्रस्ताव समेत एजीएममा पेश हुने बताइएको छ ।