काठमाण्डौ । एनआइसी एशिया क्यापिटल लिमीटेडको म्युचुुअल फण्ड अन्तरगतको पहिलो स्कीम एनआइसी एशिया ग्रोथ फण्डले आगामी माघ २ गतेदेखि इकाईहरुको सार्वजनिक निश्कासन गर्ने भएको छ । 

एनआइसी एशियाको प्रवद्र्धन र एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा संचालन हुन लागेको ७ वर्षे बन्दमुखी यो स्किमले १० रुपैयाँ दरका १० करोड इकाई निश्कासन गर्ने भएको हो ।

इकाई खरीदका लागि इच्छुकहरुले माघ २ देखि ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयसम्म पनि पर्याप्त आवेदन नपरे ढिलोमा माघ २१ गतेसम्मका आवेदनहरु लिइने एनआइसी एशिया क्यापिटलले शुक्रबार प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम २० लाख इकाईसम्मका लागि आवेदन दिन पाउनेछन् । यसको अर्थ साथमा १ हजार रुपैयाँ हुनेले समेत म्युुचुुअल फण्डमा आवेदन दिन पाउनेछन् । चिया खर्चमा सामान्य कटौति गर्नसक्ने विद्यार्थीहरुले यो फण्डमा लगानी गरे अझ राम्रो हुनेछ ।

निश्कासित कुल इकाईमध्ये एककरोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआइसी एशिया बैंकका लाग छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको हो ।

पछिल्लो समय म्युचुुअल फण्डहरुमा लगानीकर्ताको राम्रो आकर्षण देखिएको छ । यहीकारण यदि एनआइसीको यो फण्डमा समेत माग भन्दा बढी आवेदन परे १ अर्बको कोषको आकार १ अर्ब २५ करोडसम्म तन्काउन सकिनेछ । 

म्युचुुअल फण्डका इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै आस्वा सदस्य बैंक तथा बित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु सम्पर्क गर्न सकिनेछ ।