काठमाण्डौ । माछापुच्छ«्रे बैंक र नेपाल मेडिसिटि अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौतापत्रमा माछापुच्छ«े बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटि अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अब माछापुच्छ«्रे बैंकका ग्राहकहरूले नेपाल मेडिसिटि अस्पतालका सेवाहरुमा ७ प्रतिशतसम्मको छुट पाउनेछन् । 

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।