काठमाण्डौ । माछापुच्छे बैंकमा संचालक समितिको अध्यक्षको रुपमा पुनरआगमन भएका डा. वीरेन्द्रप्रसाद महतोले मंगलबार सपथ ग्रहण गरेका छन् । 

पुस २० गते बसेको बैंकको २० औं साधारणसभाबाट अध्यक्ष पदमा निर्विरोध चयन भएका डा. महतोले नेपाल राष्टबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल समक्ष पद तथा गोपनीयताको सपथ खाएका बैंकले जनाएको छ ।

यसअघिका अध्यक्ष रोशन केसी भन्दा अगाडि डा. महत नै बैंकका अध्यक्ष थिए । तर, उनी सांसद भएपछि बाफियामा भएको व्यवस्था बमोजिम बीचमै अध्यक्ष पद छाडेका थिए ।  

बैंकको उक्त साधारणसभाबाट तत्कालीन अध्यक्ष रोशन केसी र गोपीकृष्ण न्यौपाने संचालन पदमा निर्विरोध निर्वाचित भएका थिए ।