काठमाण्डौ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा आइतबार(साउन २७ गते)बाट कारोबार शुरु गर्ने गरी माछापुच्छ्रे बैंक र महालक्ष्मी विकास बैंक पनि आबद्ध भएको छ । 

बैंकका ग्राहकहरुले यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट प्रतिकारोबार रु. १ लाखसम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् ।

यस प्रणालीमार्फत बैंकका ग्राहकहरुले डब्ल्यू डब्ल्यू डट कनेक्ट आइपीएस डटकममा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानीलगायतका कारोबारहरु गर्नसक्ने व्यवस्था रहेका छन् । 

यस्ता सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुन्छ । हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेका छन् र छिट्टै अन्य सेवाहरु समेत थप गर्न सकिने गरि काम भइरहेको जानकारी कम्पनीले गराएको छ ।

यो प्रणालीमा हालसम्म ३२ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हालसम्म २२ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका बताइएको छ ।