काठमाण्डौ । माछापुच्छ्रे  बैंक लिमिटेडले बैंकिङ्ग कारोबार शुरु गरेकोे १८ वर्ष पूरा गरी १९ औं बर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा आश्विन महिनाभरि आफ्नो सम्पूर्ण शाखाहरुमा माछापुच्छ्रे महोत्सव सञ्चालन गरिरहेको छ।

१८औं वार्षिकोत्सवको उपलक्ष्यमा माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ्ग अनुभूति गराउने बताएको छ । 

साथै, यस महोत्सवलाई मध्यनजर गर्दै ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड/इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्क र माछापुच्छ्रे मोबाइल मनी जारी शुल्कमा ५०% छुट, माछापुच्छ्रे क्रेडिट कार्डमा ५०% छुट, र रिटेल कर्जा सेवा शुल्कमा ०.१८% छुट लगायत बिभिन्न सरप्राइज गिफ्टहरु पनि प्रदान गर्ने बैंकले बताएको छ । 

बैंकले उक्त महोत्सव आश्विन महिनाभरि जारी रहने बताएको छ । बैंकले सर्वसाधारणहरुलाई बैंकको नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाहरुको लाभ लिन आह्वान गरेको छ ।

पोखराबाट २०५७ सालमा बैंकिङ्ग कारोवार शुरु गरेको यस बैंकले हाल ८६ वटा शाखा कार्यालय, २ वटा एक्सटेन्सन काउण्टर, २८ वटा शाखारहित सेवालगायत ९९ वटा ए.टि.एम.बाट देशभरका ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।