काठमाण्डौ । माछापूछ्रे  बैंक र पूर्णिमा विकास बैंकले हकप्रद बिक्रीका लागि बुक क्लोजको मिति तोकेका छन् । 

यी दुवै बैंकले आगामी जेठ १६ गतेलाई बुक क्लोजको मिति तोकेका हुन् । यसको अर्थ जेठ १५ गतेसम्म यी बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

धितोपत्र बोर्डले माछापूछ्रे बैंकलाई जेठ ७ गते र पूर्णिमा विकास बैंकलाई जेठ ४ गते हकप्रद निश्कासनको अनुमति दिएको थियो । माछापुच्छे बैंकले १२ प्रतिशत र पूूर्णिमा विकास बैंकले २५ प्रतिशतको दरले हकप्रद निश्कासन गर्न लागेका हुन् । 

माछापूछ्रे बैंकले १ सय रुपैयाँ अंकित दरका कुल ७९ लाख १८ हजार ४ सय ४० कित्ता र पूर्णिमा विकास बैंकले ८ लाख ८० हजार ९ सय ६२ कित्ता हकप्रद निश्कासन गर्न लागेको हो । 

१२ प्रतिशत हकप्रद बिक्रीपछि माछापूछ्रे  बैंकको चुक्तापुँजी ७ अर्ब ३९ करोड पुुग्नेछ । उता, २५ प्रतिशत हकप्रद बिक्रीपछि पूर्णिमा विकास बैंकको चुक्तापुँजी ४४ करोड ४ लाखको उचाईमा पुुग्नेछ ।