काठमाण्डौ । एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको घर रहेको वडामा राजपाले शानदार जित हासिल गरेको छ । 

रौतहटको गौर नगरपालिका वडानम्बर २ मा राजपाको प्यानल नै विजयी भएको हो । यो वडामा माधव नेपालको घर रहेको छ । 

वडाध्यक्षमा राजपाका राकेशकुमार झा फराकिलो मतअन्तरले विजयी भएका हुन् । गौर नगरपालिकाको वडानम्बर १ मा भने फोरम लोकतान्त्रिकको प्यानल नै विजयी भएको छ । 

पछिल्लो मतपरिणाम अनुसार गौर नगरपालिकाको मेयरमा एमाले अगाडि छ । एमालेको १२१४ मत छ भने उसलाई राजपाले १०४२ मतले पछ्याइरहेको छ ।