रुपन्देही । ओम डेभलपमेन्ट बैकले बुटवल स्थित मानव सेवा आश्रमलाई टेलिभिजन सहयोग गरेको छ । 

बुटवल शाखाको दोश्रो बार्षिकोत्सवका अवसरमा यस क्षेत्रकै अग्रणी आश्रमलाई सहयोगापेक्षीहरुले मनोरञ्जनात्मक र हासी खुशि जीवन यापन गर्न सकुन भन्ने उद्धेश्यले ५५ इञ्चको  टेलिभिजन सहयोग गरेको हो । 

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई करीब एक लाख बराबरको  टिभी हस्तान्तरण गरे । 

सो कार्यक्रममा बैकका क्षेत्रिय प्रबन्धक दुर्गाराम पुरी, शाखा प्रमुख अर्जुन ज्ञवालीको उपस्थिति पनि रहेको थियो ।

त्यस अवसरमा बोल्दै कार्यक्रममका प्रमुख अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले निजी क्षेत्रको बैकले अनाथको सेवामा गरेको सहयोग सराहनीय रहेको साथै अनाथको सहयोगका लागि बुटवल उद्योग वाणिज्य संघले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । 

यस अघि बैंकले महेश सन्यास आश्रम देबघाटधाम, मनकामना मन्दिर जिर्णोद्धारका लागी पनि बिभिन्न किसिमका आर्थिक तथा भौतिक सहयोय गरेको थियो ।