काठमाण्डौ । कोरोनाभाइरसको उत्पत्ति केबाट भयो भनेर यतिबेला विश्वका सम्पूर्ण अनुुसन्धानकर्ता र वैज्ञानिकहरु लागिपरिरहेका छन् । यसबारे आम जनमानसमा पनि त्यत्तिकै उत्सुुकता रहेको छ । यसबारे अनेक अड्कालबाजीहरु पनि काटिदै आइरहेका छन् । तर यतिबेला नोभेल कोरोनाभाइरसको जेनेटिक्सको गहिरो अध्ययन गर्दा अनुसन्धानकर्ताहरुले यो भाइरसले मानिसलाई संक्रमित पार्नुुभन्दा पहिले सालक र चमेरोलाई संक्रमित पारेको तथ्य सार्वजनिक गरेका छन् । 

साना–साना खपेटाहरु भएको कमिला खाने सालकलाई चीनमा खानाको रुपमा बेच्ने गरिन्छ, जसलाई अनुुसन्धानकर्ताहरुले अहिलेको महामारीको सम्भावित स्रोतका रुपमा लिएका छन् । तथापि अझै पनि अनुुसन्धानकर्ताहरुले सालकलाई कोरोना संक्रमण फैलाउनुुमा जिम्मेवार ठहराउनुु हतार हुुने बताएका छन् । 

अनुुसन्धानकर्ताहरुले सालकबाट मानिसमा संक्रमण फैलाउनमा अन्य कुुनै तेस्रो जनावरले मध्यस्थताको भूमिका खेलेको हुुनसक्ने आशंका गरेका छन् । तर ड्युुक युुनिर्भसिटी, लोस् एलामोस् प्रयोगशाला र जर्नल साइन्स एड्भान्सेसमा प्रकाशित एक रिपोर्टअनुुसार के स्पष्ट भएको छ भने सालक, चमेरो र सम्भावित तेस्रो जनावरमा जस्तै मानव शरीरमा पनि निरन्तर रुपमा आफ्नो जिन परिवर्तन गरिरहेको छ । 

यसबाट के स्पष्ट भएको छ भने मानिसहरुले जंगली जनावरहरुसँगको निकटता कम गर्नुुपर्दछ । जसको परिणाम स्वरुप नयाँ संक्रमणबाट जोगिन सकिन्छ । 

अनुुसन्धानकर्ताको समूहले तीनवटा उपभेदहरुबाट ४३ वटा पूर्ण जिनोमहरुको विश्लेषण गरेको थियो, जसले चमेरो र सालकलाई संक्रमित पारेको थियो । यो संक्रमण कोभिड १९ सँग मिल्दोजुुल्दो रहेको पाइएको छ ।