काठमाण्डौ । तपाईको आफ्नै पिसाबबाट आफ्नो स्मार्टफोन रिचार्ज गर्न सकिन्छ भन्ने कुरा सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर, वैज्ञानिकहरुको एउटा टिम मानिसको पिसाबबाट स्मार्टफोन रिचार्ज गर्ने प्रविधिको विकासमा जुटेको छ । 

बीबीसीका अनुसार एक निकै अनौठो प्रयासको माध्यमबाट पिसाबलाई बिजुलीको करेन्टको रुपमा रुपान्तरण गर्ने कार्यमा वैज्ञानिकहरु जुटेका हुन् । 

ब्रिटेनको ब्रिस्टल रोबोटिक्स ल्याबका वैज्ञानिक यो प्रोजेक्टमा काम गरिरहेका छन् । 

यो प्रयोगको क्रममा इलेक्टो एक्टिव सुुक्ष्म जिवहरुबाट कयौं सिलिण्डर भर्ने काम गरे । ती जिव यस्ता थिए, जो खराब पानी वा पिसाबमा हुुर्कन र फस्टाउन रमाउँछन् । यसपछि यी सुुक्ष्म जिवहरुबाट इलेक्टानको निर्माण हुन्छ, जसको बिजुली उत्पादनमा प्रयोग हुन्छ । 

दुुई लिटर पिसाबबाट ३० देखि ४० मिलिवाट विद्युत उत्पादन संभव हुन्छ । र, यही बिजुलीको प्रयोग फोनलाई रिचार्ज गर्न वा बिजुली बत्ती बाल्नका लागि गर्न सकिने रिपोर्टमा उल्लेख गरिएको छ ।