काठमाण्डौ । बहुमूल्य पहेँलो धातु सुन प्रायः मानिस गहनाका रुपमा प्रयोग गर्छन् । यो जति बाक्लो र माटो हुन्छ त्यति नै मानिसको शान बढ्ने गर्छ ।

यदि तपाइँलाई अब यो बहुमूल्य धातुको मोटाइ मानिसको नङभन्दा १० लाख गुणा पातलो हुन सक्छ भन्दा सायद पत्यार नलाग्न सक्छ । प्रायः बाक्लो र मोटो आकारमा देख्दै आएका सुनको आकार यस्तो पनि हुन सक्ला र भन्नेमा आशंका पनि उब्जिन सक्ला । तर यो सत्य हो ।

ब्रिटेनको युनिभर्सिटी अफ लिड्सका अनुसन्धानकर्ताहरुले संसारकै सबैभन्दा पातलो आकारमा सुनको रुप तयार पारेका छन् । जुन सामान्यतः मानिसको नङभन्दा १० लाख गुणा पातलो रहेको छ । यो सामान्य सुनभन्दा १० गुणा उपयोगी पनि रहेको अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् ।

दुई परमाणु मिलाएर बनाइएको यो शुद्ध सुनको मोटाइ ०.४७ नानोमिटरको रहेको छ । यो सुनलाई २डी गोल्ड नाम दिइएको छ ।

यो सुन क्यान्सर रोग ठिक पार्न पनि बहुपयोगी हुने अनुसन्धानकर्ताहरुको दाबी छ । त्यसलाई यसलाई मेडिकल उपकरण र इलेक्ट्रिक उद्योगमा प्रयोग गर्न सकिने बढावा दिन थालिएको छ ।

अहिले यो सुन एरोस्पेस, इन्जिनियरिङ र इलेक्ट्रोनिक कम्पोनेन्ट बनाउन प्रयोग गर्ने काम भइरहेको छ । – एजेन्सी