काठमाडौँ । मारुती सुजुकी कम्पनीले एर्टिगा मोडलको नयाँ संस्करण कार सार्वजनिक गरेको छ । ‘इन्डोनेशिया इन्टरनेशनल मोटर शो २०१८’ मा पहिलो पटक प्रदर्शन गएिको गाडी चाँडै नेपाल भित्र्याइने योजना कम्पनीको रहेको छ । पुरानो कार भन्दा डिजाईन समेत नयाँ भएको र साइज समेत ठूलो र इन्जीनको क्षमतासमेत वृद्धि गरिएको कम्पनीले जानकारी दिएको छ । हेयरटेक्ट प्लेटफर्ममा निर्माण गरिएको नयाँ एर्टिगा चाँडै नेपालमा लञ्च हुने भएको हो । 
 
नयाँ मोडलको गाडीमा एंजुलर हेन्डपम्प र प्रोजेक्टर लेन्सको सुविधा भएका कारण ऐनाको दृष्टि राम्रो छ । गाडीको बुनोटसमेत पहिलेको माडेलमा प्रयोग गरिएको भन्दा बलियो छ । पछाडि तर्फको भागमा हुने लाईट पनि एलइडी भर्सनको रहेको छ । डिजाईनसमेत परिवर्तन गरिएको यो गाडी पुरानो मोडलको भन्दा छरितो देखिन्छ ।
 
कारमा १ दशमलव ५ लिटर भीभीटी पेट्रोल इन्जीन प्रयोग गरिएको कारमा अटोमेटिक गियरबक्ससमेत जडान गरिएको छ । पुरानो मोडलको कारमा १ दशमलव ४ लिटर इन्जीन प्रयोग गरिएको थियो । भारतमा अप्रिल महिनामा नै लञ्च गर्ने योजना बनाइएको यो कारको मूल्य १० लाख भारतीय रुपैयाँ पर्ने अपेक्षा गरिएको छ । नेपालमा भने लञ्चसँगै बिक्री मूल्यसमेत तय गरिने बताइएको बताइएको छ ।