काठमाण्डौ । मारुती सुजुकीले आफ्नो पपुलर कार विटारा ब्रेजालाई नयाँ स्वरुपमा पेस गर्ने तयारी गरेको छ ।

कम्पनीले यसको फेसलिफ्ट वरिएन्ट आगामी वर्ष हुन लागेको अटो एक्सपो २०२० मा पेस गर्न सक्छ । मारुती सुजुकीले कम्प्याक्ट एसयूबीच विटारा ब्रेजाको फेसलिफ्ट वरिएन्टको रोड टेस्टिङ सुरु गरिसकेको छ । नयाँदिल्लीमा सन् २०१६ मा भएको अटो एक्सपोमा यो कम्पनीले विटारा ब्रेजाको वल्र्ड प्रिमियर गरेको थियो।

रोड टेस्टमा देखिएको कम्पनीको कारको डिजाइनबाट यसमा धेरै फेरिबदल गरिएको देखिँदैन । यद्यपि यसपटकको फेसलिफ्ट वरियन्टमा विटारा ब्र्रेजा पेट्रोल इन्जिनवाला पनि आउनेछ । यसमा पेट्रोल इन्जिन १.५ लिटर हुनेछ ।

मिडिया रिपोर्टअनुसार सरकारी गाइडलाइनअनुरुप यो कार डुअल एअरब्याग र एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) हुनेछ । पेट्रोल इन्जिनमा आउने भएपछि यो सस्तो एसयूबीको चाहना राख्ने ग्राहकलाई मनपर्न सक्ने बताइएको छ । 

पेट्रोल इन्जिनको यो विटारा ब्रेजालाई लिएर कम्पनीले राम्रो व्यवसायको आशा गरेको छ । यो कार सहरमा १६ किलोमिटर र गाउँमा २२ किलोमिटर प्रतिलिटरसम्म माइलेज दिन सक्ने कम्पनीको दाबी छ ।

नयाँ विटारा ब्रेजाले करेन्टबाट चल्ने डिजेलको विटारा ब्रेजालाई पेट्रोल इन्जिनले रिप्लेस गर्न सक्ने बताइएको छ । कम्पनीले यो वर्षको सुरुआतमै घोषणा गरेको थियो कि आउन लागेको उत्सर्जन नियम बीएस–६ का कारण सन् २०२० अप्रिल १ मा डिजलबाट चल्ने कार बेच्न बन्द गरिनेछ । – एजेन्सी