काठमाण्डौ । मारुती सुजुकीले सेप्टेम्बर ३० मा भारतको नयाँदिल्लीमा मिनी एसयूबी एस–प्रेसो लन्च गर्दैछ ।

कम्पनीले हिजो शनिबार भारतको नयाँदिल्लीमा यसबारेमा जानकारी गराएको हो । कम्पनीले यो नयाँ मोडलको कारको परिकल्पना र डिजाइन भारतमै तयार गरिएको र यसको विकास पनि भारतमै गरिएको दाबी गरेको छ । यो कार भारतसँगै विश्वबजारलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक (मार्केटिङ एन्ड सेल्स) शशांक श्रीवास्तावले अहिलेका युवा कार किन्दा कम मूल्य, मेन्टेनेन्स कस्टका साथै डिजाइन र सुन्दरतामा पनि ध्यान दिने भएकोले सोहीअनुसार यो कारको परिकल्पना गरिएको बताए । उनले एस–प्रेसोका साथै कम्पनीले प्रिमियम र फिचर रिच कार पनि पेस गर्न गइरहेको छ, जसले देशमै एन्ट्री सेगमेन्टमा ठूलै उलटपलट ल्याउनेछ । –एजेन्सी