काठमाण्डौ । मारुती सुजुकी इण्डियाले आफ्नो बहुप्रतिष्ठित र बहुप्रतिक्षित एसयूभी भिटारा ब्रेजा फेसलिफ्ट लञ्च गरेको छ । 

भारतमा नयाँ भिटारा ब्रेजाको मूल्य भारु ७.३४ लाखदेखि ११.४० लाखको बीचमा पर्नेछ । भारतमा भर्खरै मात्र लञ्च भएकोले केही दिनभित्रमा मात्र यो कार नेपाल भित्रिनेछ र त्यसबेला मात्र नेपाली बजारमा यसको मूल्य निर्धारण हुनेछ । 

नयाँ मारुती ब्रेजा बिएस सिक्स कम्प्ल्यान्ट पेट्रोल इञ्जिनमा आएको छ । पहिला यो एसयूभी डिजल इञ्जिनमा बजारमा उतारिएको थियो, तर यो अब बन्द भइसकेको छ । पुरानो मोडलको तुलनामा भारतमा नयाँ ब्रेजा फेसलिफ्टको मूल्य २९ हजार भारु कम रहेको छ । तर, टप मोडलको मूल्य भने ८० हजार भारु बढी छ । 

नयाँ मारुती ब्रेजामा १.५ लिटर के १५ बी पेट्रोल इञ्जिन दिइएको छ, जसले १०३ बिएचपी पावर तथा १३८ एनएमको टर्क जेनेरेट गर्नेछ । यसको साथमा फाइभ स्पीड म्यानुअल तथा फोर स्पीड अटोमेटिक गियरबक्सको अप्सन समेत दिइएको छ । 

अटोमेटिक गियरबक्सवाला भेरिएन्टमा मारुतीको स्मार्ट हाइब्रीड टेक्नोलोजी पनि दिइएको छ । म्यानुअल गियरबक्समा ब्रेजाको माइलेज १७.०३ किलोमिटर तथा स्मार्ट हाइब्रीड टेक्नोलोजीको साथमा आउने अटोमेटिक ट्रान्समिसन भेरिएन्टको माइलेज १८.७६ किलोमिटर प्रतिलिटर रहेको छ । 

ब्रेजा फेसलिफ्टलाई फेब्रुअरीको सुरुवातमा भारतको दिल्लीमा भएको अटो एक्स्पोमा प्रदर्शन गरिएको थियो । यसमा नयाँ ट्वीन स्लेट ग्रिल, रिवाइज्ड बम्पर, बुलबार स्टाइल स्कीड प्लेट, नयाँ डिजाइनको एलइडी प्रोजेक्टर हेडल्याम्प, एल आकारको डिआरएल, १६ इञ्चको ड्यूल टोन अलाय ह्वील्स तथा नयाँ फग ल्याम्प हाउजिङ समेत राखिएको छ । 

नेपालमा पुरानो मोडलको भिटारा ब्रेजाको मूल्य ३७ लाखदेखि ४५ लाख रुपैयाँसम्म पर्छ ।