काठमाण्डौ । मारुती सुजुकी कम्पनीले आफ्नो लोकप्रिय कार अल्टो अब नयाँ अवतारमा लन्च गर्ने तयारी गरिरहेको छ। नयाँ अल्टो सन् २०२१ लन्चमा गर्ने तयारीमा कम्पनी लागिपरेको छ। 

परिवर्तन हुन सक्छ डिजाइन र इन्टिरियर

नयाँ सुजुकी अल्टोको डिजाइन र इन्टिरियरका विषयमा सबै कुरा सार्वजनिक भइसकेको छैन। तर आशा गरिएको छ कि यो इन्ट्री लेभल ह्याचब्याक पूर्ण रुपमा नयाँ फ्रन्ट फेसियाका साथ आउन सक्छ। अपडेटेड बम्पर र रिभाइज्ड हेडल्याम्प्स दिइन सक्छ। नयाँ अल्टोमा नयाँ डिजाइनको ह्विल्स, टेलल्याम्पस र बम्परबाट सुसज्जित हुन सक्ने अनुमान गरिएको छ। अल्टोको टप भेरियन्टमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पनि समावेश गरिएको हुन सक्ने बताइएको छ। 

मूल्य बढ्न सक्छ

कस्मेटिक चेन्ज, फिचर अपग्रेड र नयाँ प्ल्याटफर्ममा आधारित नयाँ मारती अल्टोको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ। यद्यपि कम्पनीले यो कारको मूल्य कति हुन सक्छ भन्ने कुरा सार्वजनिक गरिसकेको छैन। एक्सपर्टहरुका अनुसार मूल्यमा ठूलो परिवर्तन हुन सक्छ। हाल बजारमा मारुती सुजुकीको अटो पेट्रोल के सिक्स र सीएनजी के टु भेरियन्टमा आउँछ। जसको एक्स शोरुम मूल्य भारु २.९४ लाखदेखि भारु ४.३६ लाखको बीचमा पर्छ। 

परिवर्तन हुन सक्छ इन्जिन

समाचार स्रोतहरुका अनुसार सुजुकी जापानमा नेक्स्ट जेनरेसन अल्टोलाई नयाँ आर०६डी ६५८सीसी इन्जिनका साथ बजारमा उतार्नेछ। यो इन्जिन ६८बीएचपीको पावर जेनरेट गर्न सक्छ। यसको स्पोर्टी भर्जनमा पनि आउनेछ। जसमा टर्बोचाज्र्ड इन्जिन हुनेछ। त्यहीँ मारुती सुजुकीअल्टो २०२१ लाई ७९६सीसी नेचुरल्ली ऐस्पिरेटेड पेट्रोल इन्जिनका साथ बजारमा ल्याउने सम्भावना रहेको छ। यो इन्जिनले ४८बीएचपीका पावर ६९एनएम टार्क जेनरेट गर्न सक्छ। कार म्यानुअल र अटोमेटिक गियरबक्स अप्सनमा आउन सक्छ। 

सेफ्टी फिचर्स हुनेछन् शानदार

नयाँ अल्टो करेन्ट जेनरेसन अल्टोको तुलनामा निकै सुरक्षित बनाइएको छ। नयाँ मोडलमा ड्युल एयरब्याग्स अप्सन पनि समावेश हुन सक्ने सम्भावना रहेको बताइएको छ। स्ट्यान्डर्ड सेफ्टी फिचर्सलाई पनि अपडेट गर्ने सम्भावना रहेको छ। हाल अल्टोमा स्ट्यान्डर्ड सेफ्टी किटका साथ ड्राइभर एयरब्याग, ईबीडीका साथ एबीएस, रिभर्स पार्किङ सेन्सर, को–ड्राइभर सिट बेल्ट रिमाइन्डर र स्डि अलर्ट सिस्टम समावेश छन्। 

अल्टोले बनायो रेकर्ड

मारुती सुजुकीको सानो र लोकप्रिय कार अल्टोले अगस्ट २०२० मा नयाँ रेकर्ड बनाएको छ। यो कारको बिक्री ४० लाख युनिट नाघेको छ। ४० लाख युनिट बिक्री भएको अल्टो भारतकै पहिलो कार बनेको छ। 

राम्रो माइलेज र कम मूल्यका कारण यो कारलाई सर्वसाधारणले निकै मन पराएका छन्। – एजेन्सी