काठमाण्डौ । मारुती सिमेन्ट लिमीटेडबाट हरेक निर्माण गुणस्तरीय र मजबुत होस् भन्ने उद्देश्यले निशुल्क प्राविधिक परामर्श तथा सहयोग गर्ने भएको छ । 

कम्पनीले गठन गरेको ‘मोबाइल कंक्रिट एक्सपर्ट’ नामक प्राविधिक सेवासहितको भ्यान हरेक निर्माणस्थलमै पुगेर दक्ष प्राविधिकहरुबाट कंक्रिटको कम्प्रेसिभ स्ट्रेन्थको जाँच तथा गुणस्तरीय निर्माणमा आवश्यकताअनुसारको प्राविधिक परामर्श सेवा निःशुल्क रुपमा प्रदान गर्ने भएको छ । 

मारुती सिमेन्टले यस सेवामा ‘मोबाइल कंक्रिट एक्सपर्ट’ भ्यानमार्पmत कंक्रिट कम्प्रेसिभ स्ट्रेन्थको जाँच, सम्पूर्ण ढलान सम्बन्धी प्राविधिक जानकारी, गुणस्तरीय निर्माण सामाग्रीहरुको सही छनौट तथा मिश्रणको सही अनुपात एवम् यसको कार्यक्षमता बारे जानकारी, भाइबे्रटर र क्युरिङ्ग गर्ने सही तरिका, कंक्रिट बनाउने सही तरिका साथै गारो र प्लास्टर लगाउने सही तरिका अनि आवश्यकताअनुसार थप प्राविधिक परामर्श तथा सहयोग प्रदान गराउनेछ । 

यो सेवा हाल काठमाण्डौ उपत्यकाभित्र मात्र सञ्चालन गरिएको र निकट भविष्यमा नै उपत्यकाबाहिर पनि शुरु गरिने कम्पनीका सिनियर ब्राण्ड म्यानेजर राजु श्रेष्ठले जानकारी गराए । 

मारुती सिमेन्ट कम्पनीले विगतका भिन्न–भिन्न क्षेत्रमा गरेको सामाजिक उत्तरदायित्वका क्रियाकलापहरु भन्दा एक कदम माथि उठेर एउटा नयाँ थप प्रयास गरेको बताइएको छ।