काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले आज बिहीबार आफ्नो नयाँ ‘अल्टो भीएक्स प्लस’ कार भातरको नयाँदिल्लीमा लन्च गरेको छ ।

यो नयाँ अल्टो कारमा बीएस सिक्स इन्जि दिइएको छ । जसले २२.०३ किलामिटेर प्रतिलिटर माइलेज दिनेछ । कारको सुरुआत मूल्य भारु ३.८० लाख तोकिएको छ ।

नयाँ अल्टो पहिलाको तुलनामा युनिक डिजाइनका साथ दमदार सेफ्टी फिचर्सले भरिपूर्ण छ । यसका अलावा कारको इन्टरटेन्मेन्टका लागि १७.८ इन्चको टचस्क्रिन स्मार्ट अटोप्ले इन्फोटेनमेन्ट सिस्टम पनि दिइएको छ । जुन एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीका साथ हुनेछ ।

यदि डिजाइनको कुरा गर्ने हो भने नयाँ अल्टोमा एलेगेन्ट अरो एज डिजाइन, स्टाइलिस डुअल टोन इन्टिरियर, हाई फ्युल इफिसियन्सी र लेटेस्ट फिचर्स पाइनेछ ।

कारमा सेफ्टी फिचर्सका लागि डुअल फ्रन्ट एयर ब्याग, एन्टी लक ब्रेकिङका साथै इबीडी, रिजर्भ पार्किङ सेन्सर, स्पिड अलर्ट सिस्टम र सिट बेल्ट रिमाइन्डर पाइनेछ । सिट बेल्ट रिमाइन्डर ड्राइभर र को–ड्राइभर दुवैका लागि हुनेछ । –एजेन्सी