काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले सोमबार सेलेरियो ह्याचब्याक कार लन्च गरेको छ ।

मारुती सुजुकीले भारतीय बजारमा सेलेरियो ह्याचब्याक कारको बीएस सिक्स मोडल लन्च गरेको हो । यसको बेस वरियन्टको मूल्य भारु ४.४१ लाख र जेडएक्सआई (ओ) एएमटी वरियन्टको मूल्य भारु ५.७२ लाख रुपैयाँ (एक्स शोरुम) मूल्य तोकिएको छ ।

सेलेरियोमा बीएस सिक्ट इमिसन नम्र्समा आधारित इन्जिनमा कुनै बदलाव गरिएको छैन । यसमा पहिलाकै जस्तै ९९८ सीसीका तीन सिलिन्डर पेट्रोल इन्जिन रहेको छ । जुन ६८एचपीको पावर र ९० न्युटन मिटर टार्कका साथ ल्याइएको छ । यसमा ५ स्पिड म्यानुअल वा अटोमेटिक गियरबक्सका लन्च गरिएको छ ।

यो कार गत वर्ष नै अपडेट गरिएको थियो । त्यतिखेरमा यसमा ईबीडी, एबीएस, स्पिड वार्निङ र रियर पार्किङ सेन्सरजस्ता फिचर्स दिइएको थियो । – एजेन्सी