काठमाण्डौ । मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी कारको नाम फूतुरो–इ(Futuro-e) हुनेछ, जसको कन्सेप्ट मोडललाई भारतमा ५ फेब्रुअरीबाट सुरु हुने अटो एक्स्पो–२०२० मा प्रदर्शन गरिनेछ । 

मारुती सुजुकीले यो विषयमा हालै मात्र खुलासा गरेको एजेन्सीहरुले जनाएका छन् । 

यो एक कूप स्टाइलको इलेक्ट्रिक एसयूभी हुनेछ । यो कारको सबै डिजाइन भारतमै तयार गरिएको हो । यो कारलाई सन् २०२१ मा लञ्च गर्ने कम्पनीको योजना छ । 

कारमा निकै ठूलो साइजको बोनट, सार्प एलइडी हेडल्याम्प समेत हुनेछ, जुन सोल्डर लाइनबाट वाई साइजको टेल ल्याम्पसँग जोडिनेछ । कारको साइज भिटारा ब्रेजाकोभन्दा केही ठूलो हुनेछ । कम्पनीले यहाँ जडान हुने ब्याट्री र यसको प्रदर्शनको विषयमा कुनै पनि कुरा बाहिर ल्याइसकेको छैन । तर, एकपटकको चार्जमा ३०० किलोमिटरसम्मको यात्रा सहजै गर्न सकिने भने दाबी गरिएको छ । 

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक कारको रुपमा आउने लागेको यो मोडल लोकप्रिय युटिलिटी भेइकल सेगमेन्टका लागि एक बोल्ड तथा नयाँ ग्लोबल डिजाइनको यसले दमदार प्रतिनिधित्व गर्नेछ । यो कारको लुक्स बिल्कुलै नयाँ हुनेछ । यो कारलाई केही फरक खालको पेन्ट्स(कलर) तथा बेजोड लाइट्सका साथ लञ्च गरिनेछ । 

कारमा टचस्क्रीन इन्फोन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल तथा रिजनरेटिभ ब्रेकिङ सिस्टम लगायतका फिचर्स जडान हुनसक्ने रिपोर्टमा जनाइएको छ ।