काठमाण्डौ। भारतको केन्द्रीय सरकारले देशमा इलेक्ट्रिक भेइकललाई बढावा दिइरहेको छ । भारतमा भर्खरै सम्पन्न बजेट वक्तव्यमा पनि इलेक्ट्रिक कार किन्दा ट्याक्स छुट दिने घोषणा गरिएको छ । त्यस्तै फेम २ योजनाअन्तर्गत पनि छुट दिइने व्यवस्था गरिएको छ । 

यस्तैमा थुप्रै कार निर्माण कम्पनीले इलेक्ट्रि भेइकल लन्च गरिरहेका छन् । अब मारुती सुजुकीले पनि आफ्नो इलेक्ट्रिक कार Wagon-R बजारमा ल्याउन लागेको छ । जुन हालै नयाँदिल्लीमा गरिएको टेस्ट ड्राइभका बेला देखा परेको थियो । 

मारुती सुजुकीको यो इलेक्ट्रिक कारको मूल्य भारु ७ लाखदेखि ९ लाख रुपैयाँसम्म हुने अनुमान गरिएको छ । यो कारले सिंगल चार्जिङमा करिब २०० किलोमिटरको माइलेज दिन सक्छ । यो पाँच सिटे कारमा लिथियम आयन ब्याट्र रहेको छ । 

मारुती सुजुकीले यो कार यसै वर्ष लन्च गर्ने सम्भावना छ । कम्पनीले फास्ट चार्जिङको सुविधा दिनेछ । जसअनुसार ४० मिनेटमा ८० प्रतिशतसम्म ब्याट्री चार्ज हुन्छ । 

यो कारको बिक्री कम्पनी नेक्सा डिलरसिप स्टोर हुने सम्भावना छ । 

मारुती सुजुकीले इलेक्ट्रिक कारसँगै ब्याट्री प्लान्टमा पनि काम गरिरहेको छ । जुन सन् २०२० सम्म सञ्चालनमा आउन सक्छ । – एजेन्सी