काठमाण्डौ । नेपालमा दुई दिनअघि लन्च गरिएको मारुती सुजुकीको मिनी एसयूभी ‘एस–प्रेसो’ कारले भारतमा भने टप–१० बेस्ट सेलिङ कारको सूचीमा स्थान बनाउन सफल भएको छ ।

भारतीय बजारमा एस–प्रेसो कार एक महिनाअघि नै लन्च भएको थियो । नेपाली बजारमा भने गत आइतबार नेपालका लागि सुजुकी ‘फोर ह्विलर’ तथा सिजी होल्डिङ्ग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यो कार लन्च गरेको थियो ।

भारतीय बजारमा एक महिनाअवधिमा यो कार १० हजार ६३४ युनिट बिक्री भइसकेको छ । टप–१० बेस्ट सेलिङ कारको सूचीमा एस–प्रेसो आठौँ स्थानमा छ । जब कि मारुती सुजुकीकै आठवटा कार यो सूचीमा पर्न सफल भएका छन्।

बोल्ड अनि पावरफुल एसयूभी लुक्सले गर्दा यो योङ एसयूभी अन्य कारभन्दा भिन्न देखिन्छ । हार्टटेक्ट प्लेटफर्मको पाँचौँ पुस्तामा निर्माण भएको यो कारमा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ । जसले यसको बनावटलाई अझ बलियो, सुरक्षित र कठोर बनाइदिएको छ ।

१० भन्दा बढी सुरक्षा व्यवस्था रहेको यो कार अब नेपालका सबै ३६ वटा सुजुकी रिटेल नेवटर्कमार्फत बिक्रीवितरण हुनेछ । सुजुकीले यो कारमा ‘बेस्ट इन क्लास’ फिचरहरुसमेत लोड गरेको छ ।

एस–प्रेसो बीएस६ मापदण्डमा आधारित छ । जुन वातावरण वातावरण संरक्षणप्रति प्रतिबद्ध मापदण्ड हो ।

एस–प्रेसो’ इन्ट्री लेबल कार हो र यो ‘फ्युचर कन्सेप्ट एस’ कारमा आधारित छ । 

‘एस–प्रेसो’ को हुडमा बीएस सिक्स १.० लिटर र ३ वटा पेट्रोल सिलेन्डर इन्जिन उपलब्ध हुनेछन् । यो ५ स्पिड म्यानुयल गिएर बक्स स्ट्यान्र्डडमा हुनेछन् । ‘एस–प्रेसो’ कारका केही भेरिएन्टमा अटोमेटेड म्यानुयल ट्रान्समिसन युनिट पनि समावेश हुनेछन् ।

यो कारमा नयाँ हेड ल्याम्पका साथै बडी कर्लड बम्पर र ओआरभीएमएस उपलब्ध हुनेछन् । यो कार ग्रिल विटारा ब्रेजासँग मिल्दोजुल्दो हुनेछ । स्ट्यान्डर्ड सेफ्टी फिचर्सअन्तर्गत ‘एस–प्रेसो’ कारमा एबीएसका साथै ईबीडी, ड्राइभर साइड एअर ब्याग, रिर्भस पार्किङ सेन्सर, स्पिड अर्लट सिस्टम र ड्राइभर तथा को–ड्राइभर सिट बेल्ट रिमाइन्डर उपलब्ध हुनेछन् ।

‘एस–प्रेसो’ कारको इन्टेरिएरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध हुनेछन् र यसमा स्मार्ट प्ले स्टुडियो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पनि हुनेछ । इन्फोटेनमेन्ट सिस्टमको तल हर्जाट लाइट तथा फ्रन्ट पावर विइन्डो कन्ट्रोल रहनेछ । यसका अलावा सेन्ट्रल कन्सोलको साइडमा एसी वेन्टस हुनेछ ।

त्यस्तै यसमा थ्री स्पोक मल्टीफङ्सन स्टियरिङ ह्विल समावेश हुनेछ । जसमा म्युजिक तथा कल कन्ट्रोल सिस्टम पनि रहनेछ ।

यो कारको लम्बाइ ३५६५ एमएम, उचाइ १५६४ एमएम र चौडाइ १५२० एमएम रहेको छ । यसको ह्विलबेस २३८० एमएमको छ । फ्युलइफिसेन्सी २१.७ केएमपीएल रहेको छ ।

म्याक्सिमम टर्क ३५०० आरपीएममा ९० एनएम र म्याक्सिमम पावरमा ५५०० आरपीएममा ५० किलोवाट रहेको छ ।

यो कार सोलिड सिजल ओरेन्ज, पर्ल स्टेरी ब्लु, सुपेरियर ह्वाइट, सोलिड फायर, मेटालिक ग्रेनाइट ग्रे र मेटालिक सिल्की सिल्भर रङमा पाइनेछ ।

नेपाली बजारमा यो कार चारवटा भेरियन्टमा पाइनेछ । जसमा स्ट्यान्डर्ड भेरियन्ट, एलएक्सआई भेरियन्ट, भीएक्सआई भेरियन्ट र भीएक्सआई प्लस भेरियन्टको मूल्य क्रमशः २२ लाख ९९ हजार, २३ लाख ९९ हजार, २४ लाख ९९ हजार र २५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।