काठमाण्डौ । मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ (एनएसः४९/माक्र्ड अर्डिनेरी पोर्टल्यान्ड सिमेन्ट) बाट सम्मानित भएको छ ।

सर्वोत्कृष्ट गुणस्तरको मापदण्ड पार गर्ने क्रममा एक कदम अघि बढ्दै मारुती सिमेन्टले प्रशंसित यो अवार्डबाट सम्मानित भएको हो ।

आजभन्दा एक दशकअघि नेपाली सिमेन्ट जगतमा नेपालकै पहिलो तथा निजीस्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगका रूपमा स्थापना भएको थियो । पूर्वाञ्चलको उदयपुर पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रिनफिल्ड प्लान्टद्वारा सर्वोत्कृष्ट ओपीसी सिमेन्ट– मारुती सिमेन्टको उत्पादन भइरहेको छ ।

यसअघि कम्पनीले क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरणका लागि एनएस÷आईएसओ ९००१ः२०१५ रक्लिंकर– क्रशिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओपीसी सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) का लागि एनएस/आईएसओ १४००१ः२०१५ द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको थियो । यी सम्मानसँगै मारुती सिमेन्ट नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डका रुपमा स्थापित भएको छ ।

अवार्ड पाएलगत्तै कम्पनीका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले यो अवार्डको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता, शुभचिन्तक वर्ग तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सहकर्मीलाई दिए । उनले भने, ‘आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासका साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउँदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने छौँ ।”