काठमाण्डौ । बिमा कम्पनीहरुको चुक्तापूँजीमा चारगुणासम्मको वृद्धि गर्न बिमा समितिले निर्देशन दिएपछिको पहिलो कारोबार दिन बजारमा बिमा समूहको सूचकमा उछाल आएको छ । 

कारोबार सुरु भएको एकघण्टापछि बिमा समूहको सूचकमा ८.४ प्रतिशतको उछाल आइसकेको छ । यो १२ः०२ को अपडेट हो । यो खबर तयार पार्दासम्म धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ४ स्थान बिमा कम्पनीहरुले कब्जा गरिसकेका छन् । 

सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सले साढे ७ करोड बढीको कारोबार गरिसकेको छ । शिखर इन्स्योेरेन्सले ३ करोड ६२ लाख बढीको कारोबार गरिसकेको छ । नेपाल लाइफ इन्स्योरेन्सले ३ करोडको हाराहारीमा र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले १ करोडको हाराहारीमा कारोबार गरिसकेको छ । 

बजारका अन्य समूहको सूचक पनि हराभरा छन् । बिमा समूहपछि वाणिज्य बैंक समूहमा पनि कारोबार सुरु भएको एकघण्टाभित्र साढे २ प्रतिशतको हाराहारीमा उछाल देखिएको छ ।