काठमाण्डौ । नयाँ वर्षको दोश्रो दिन बजार खुलेको पहिलो एकघण्टामा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । 

नेप्से परिसूचक १२.२ अंकले बढेको हो । पहिलो एकघण्टामा बिमा समूह र माइक्रोफाइनान्स समूहको सूचकमा खरीद चाप देखिएको छ । बिमा समूहको सूचक ३ प्रतिशतको हाराहारीमा बढिसकेको छ भने माइक्रोफाइनान्स समूहको सूचक पनि १.२४ प्रतिशतले बढेको छ । 

बजारलाई प्रभाव पार्नसक्ने क्षमता राख्ने बैकिंग समूहको सूचक पनि ०.७१ प्रतिशले वृद्धि भइसकेको छ । 

‘क’ वर्गका कम्पनीमा खरीद चाप देखिँदा सेन्सेटिभ इण्डेक्स २.४९ प्रतिशतले बढेको छ ।

पहिलो एकघण्टामा १०५ कम्पनीका १ लाख ४२ हजार भन्दा बढी कित्ता सेयर ६  करोड ७८ लाख बढीमा कारोबार भएको छ ।