काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार बन्द हुन एकघण्टा बाँकी रहँदा नेप्से परिसूचक २६.५१ अंकले बढेको छ भने ७६ करोड ५८ लाख बढीको कारोबार भइसकेको छ ।

कारोबार खुलेदेखि नै उछालको गतिमा दौडिएको बजारमा सामान्य नागबेलीको चाल समेत देखियो । यो दिन माइक्रोफाइनान्स, बिमा, विकास बैंक र होटल समूहमा उछालको अवस्था देखिएको छ । बैकिंग लगायतका सबै समूह हराभरा भएका छन् ।

दिउँसो २ बजेसम्म सबैभन्दा बढी कुमारी बैंक लिमीटेडले ३ करोड ३९ लाख बढीको कारोबार गरिसकेको छ । धेरै कारोबार गर्ने १० कम्पनीमा वाणिज्य बैंकहरुको होल्ड रहेको छ । 

नयाँ वर्षदेखि बढ्न थाली पछिल्लो समय हरेक दिन उछालको गतिमा दौडिएको बजारमा कारोबार रकमको पनि दरिलो साथ भएका कारण अझै बढ्नसक्ने देखिन्छ ।