काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले देशको सुदुरपश्चिम भागका ग्राहकहरुमा आफ्नो सेवा बिस्तार गर्ने लक्ष्यका साथ बाजुराको मार्तडीमा एटीएम सुविधासहितको शाखा कार्यालय आइतबारदेखि संचालनमा ल्याएको छ । 

बैंकले ४० प्रतिशत हकप्रद सेयरको बिक्री गर्दैछ भने निकट भविष्यमै अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्ससँग एकीकृत कारोबार गर्दैछ । 

सबै संस्थाको प्राप्ति, हकप्रद तथा चालु आ.व.को मुनाफाबाट सेञ्चुरी बैंकले तोकिएको रु. ८ अर्ब पुँजी पुर्याउने योजना बनाएको छ । एकीकृत कारोबार पश्चात् देशभर सेञ्चुरी बैंकको शाखाहरु ९० वटा हुनेछन् ।