काठमाण्डौ । माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३१.५७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गरेको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशअनुसार संस्थाको चुक्तापुँजी १० करोड २० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने २ करोड ४० लाख रुपैयाँबराबरको बोनस सेयर रहेको छ ।

त्यस्तै बोनस सेयर र नगद लाभांश कर प्रयोजनसहित संस्थाले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ११.५७९ प्रतिशतले हुन आउने १ करोड १८ लाख १० हजार ५८० रुपैयाँबराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।