काठमाण्डौ । धरान केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंकले बुक क्लोज मिति तय गरेको छ ।
बैंकले हिजो बिहीबार बसेको सञ्चालक समितिको १९२ औं बैठकले बैंकको चौधौं वार्षिक साधारणसभा प्रयोजनार्थ आगामी चैत्र ८ गते शनिबारका दिन गर्ने निर्णय गरेको जनाएको छ ।

आगामी साधारणसभाले पारित गरेपश्चात् बैंकका सेयरधनीहरुलाई १८.५२५ प्रतिशत बोनस सेयर बापत १० करोड ८३ लाख ७१ हजार २५० रुपैयाँ र सो बोनसमा लाग्ने कर प्रयोजनका लागि भने ५७ लाख ३ हजार ७ सय पचास रुपैयाँ प्रदान गर्ने छ ।

बैंकको लाभांश प्राप्त गर्नका लागि भने दोस्रो बजारबाट फागुन २६ गतेसम्म सेयरधनी हुनुपर्ने बताइएको छ अर्थात् बैंकले बूक क्लोज फागुन २७ गतेदेखि चैत्र ८ गतेसम्म बन्द रहने जनाएको छ ।