काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सात सदस्यीय सञ्चालक समितिका पदाधिकारीहरुको सर्वसम्मतिबाट चयन गरिएको छ ।

संस्थाको हिजो मंगलबार सम्पन्न ११ औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिका पदाधिकारीहरु चयन भएका हुन् । सभाले संस्थाको सञ्चालक समितिमा अध्यक्षसहित चारजना संस्थापक सेयरधनीबाट, सर्वसाधारणसभा सेयरधनीबाट दुईजना र स्वतन्त्र एकजना गरी सातजना पदाधिकारी सर्वसम्मतिबाट चयन गरेको छ ।

संस्थापक सेयरधनीबाट नवगठित सञ्चालक समितिको अध्यक्षमा संस्थापक श्यामप्रसाद साह तथा सञ्चालकहरुमा फगुनी महतो कोइरी, किशोरी साह र शिवप्रसाद साह छन् ।

त्यस्तै सर्वसाधारण सेयरधनीबाट समितिका सञ्चालकहरुमा सरोजकुमार सिंह र मनोजकुमार साह र स्वतन्त्र सञ्चालकमा केवशराज आचार्य चयन भएका छन् ।